नियम १४८
प्राविधिक प्रस्ताव मूल्याड्ढन गर्दा छनौट भएको प्रस्तावदातालाई सूचना दिनु पर्ने
(१)
नियम १४६ को उपनियम (३) बमोजिमको सूचीमा समावेश भएका प्रस्तावदातालाई
आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति र समयमा
उपस्थित हुन सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रस्तावदातालाई उपस्थित हुन सूचना दिंदा
राष्ट्रियस्तरकोे प्रस्तावको हकमा कम्तीमा सात दिन र अन्तर्राष्ट्रिय स्तरको प्रस्तावको
हकमा कम्तीमा पन्ध्र दिनको अवधि दिनु पर्नेछ ।
(३) उत्तीर्णाड्ढ प्राप्त नगर्ने प्रस्तावदातालाई निजको प्राविधिक प्रस्ताव छनौट हुन
नसकेको कारण खुलेको सूचना सहित निजको आर्थिक प्रस्ताव फिर्ता दिनु पर्नेछ ।
(४) स्थानीय निकायले उपनियम (१) बमोजिमको मिति निर्धारण गर्दा त्यस्तो
सूचना दिईने मितिले कम्तीमा पन्ध्र दिनको अवधि रहने गरी निर्धारण गर्नु पर्नेछ ।